२६ असार २०८३, शुक्रबार

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्य पदकले देश कै इज्जत बढेको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु ।’

‘खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो ।

सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिनुभयो ।