
रुकुम पूर्व, २३ भदौ । लामो समयदेखि फरार रहनुभएका नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी (डीबी) अन्ततः कारागार चलान हुनुभएको छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माकाअनुसार केसी स्वयं अदालतमा उपस्थित भएपछि उहाँलाई सजाय भुक्तानका लागि कारागार पठाइएको हो ।
केसीलाई सम्बन्ध विच्छेदको नक्कली कागजात बनाएको आरोपमा उहाँकै श्रीमती राधा केसीले दिएको उजुरीमा अदालतले दोषी ठहर गरेको थियो ।
२०४८ साल असार ९ गते अदालतले उहाँलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, केसीले २५ वर्षभन्दा बढी समयसम्म यो सजाय भुक्तान गर्नुभएको थिएन ।
कानूनी रूपमा उहाँ प्रदेश सभा सदस्यको उम्मेदवार बन्नसमेत अयोग्य रहेको भन्दै आलोचना हुँदै आएको थियो ।
उहाँ रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित हुनुभएको थियो ।









प्रतिक्रिया