
काठमाडौं, २३ भदौ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जित्नुभएकी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कास्य पदक जित्नुभएको थियो ।








प्रतिक्रिया