२ असार २०८३, मंगलबार

चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्मको सजाय हुने सहमति

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ ।

आइतबार बसेको समितिको बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जसअन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको व्यवस्था राख्न सहमति जनाइएको छ ।

समितिका सभापति सन्तोष चालिसेकाअनुसार १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मकोमा ३ महिना, १ करोडसम्म १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित २ वर्ष कैद सजाय र पाँच प्रतिशत जरिवानाको व्यवस्था गर्नेबारे सहमति जुटेको छ ।

यो पनि:

बैंकिङ कसूरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ : अर्थमन्त्री पौडेल