
बर्दिबास, २३ भदौ । नेकपा (एमाले)ले मधेश प्रदेशका नेता कार्यकार्तालाई अनुशासनको प्रशिक्षण दिएको छ ।
एमाले केन्द्रीय अनुशासन आयोगले यसअघि छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ । आइतबार मधेश प्रदेशको बर्दिबासमा प्रशिक्षण आयोजना गरिएको हो ।
एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टी, संगठन, नेतृत्व र अनुशासनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, अनुशासन आयोगका सचिव प्रा.डा. भरतराज पहाडीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचारसंहिताकाबारेमा प्रशिक्षण दिनुभएको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू, प्रदेश लेखा आयोगका सदस्यहरू, आठै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वालाकुमारी साह, अच्युत मैनाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।
अनुशासन आयोगका केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रदेश सचिव मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गर्नुभएको थियो ।








प्रतिक्रिया