३ असार २०८३, बुधबार

‘नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी)ले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको नीजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निश्कर्ष निकालेको छ । पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्नसमेत पहल गर्ने जनाएको छ ।

पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्‍याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशनसमेत दिएको छ । उपत्यकाका पार्टीका नेताहरुको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले यस्तो निर्देशन दिनुभएको हो ।

पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो ।