३१ असार २०८३, बुधबार

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले दिए एमाले प्रमुख सचेतक बर्तौलालाई धन्यवाद

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालाई धन्यवाद दिएका छन् ।

आज पीडित सुरक्षाकर्मी परिवारहरुको संस्था द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका अध्यक्ष हेमकुमारी घर्तीको नेतृत्वमा पदाधिकारीहरुले टिआरसी विधेयक पास गराउन तथा विधेयकमा पीडितहरको मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सिंहदरबारस्थित बर्तौलाको कार्यालयमै पुगेर धन्यवाद दिएका हुन् ।

धन्यवाद दिँदै पीडित सुरक्षाकर्मी परिवारले सरकारले २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतापछि सरकारले दिने भनेको अन्तरिम राहत रकम १० लाख रुपैयाँ मध्ये आफूहरुले २ लाख ५० हजार रुपैयाँ मात्रै पाएको र ७ लाख ५० हजार रुपैयाँ पाउन बाँकी रहेको पनि ध्यानाकर्षण गराएका थिए ।