२८ जेष्ठ २०८३, बिहिबार

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको वर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएको थियो । उहाँले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

घटनामा घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भइसकेको छ । उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदा घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक-पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।