२ श्रावण २०८३, शनिबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २३ भदौ । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीकाअनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।