
डोटी, २३ भदौ । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ ।
आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लाग्नुभएको सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार कौमतीदेवीको साथमा रहनुभएको उहाँकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।









प्रतिक्रिया