१५ असार २०८३, सोमबार

सभ्य समाज निर्माणका लागि खेलकुद आवश्यक : सभामुख मण्डल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २२ भदौ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सभ्य समाज निर्माण गर्न खेलकुद जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभामा उहाँले आजको युगमा खेलकुद जगत रोजगारी सिर्जनासँगै राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

‘शिक्षा र स्वाथ्यका लागि मात्र नभइ आजको युगमा खेलकुदबाट राष्ट्रको पहिचान बनाउन र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।’ सभामुख मण्डलले भन्नुभयो ।

खेलकुद अनुशासन, संस्कार र स्वस्थ जीवनशैली सिकाउने मूल जरो रहेको बताउँदै उहाँले पछिल्लो समय क्रिकेटमा नेपाल विश्वस्तरमा प्रख्यात हुँदै गएको उल्लेख गर्नुभयो ।

मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ योजनामा राखी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनकपुरधाम–१४ रजौलमा निर्माणाधीन रङ्गशालाका लागि सङ्घ सरकारले विशेष पहल गर्नुपर्ने आग्रह गर्नुभयो ।