२४ असार २०८३, बुधबार

पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा २ जना पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ भदौ । पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहिबार राति करिब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिक वडा नं. ६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिकाको वडा नं. ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनीहरुले भ्यानका मालिक चित्र बहादुर सार्कीसमेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।