४ असार २०८३, बिहिबार

बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २२ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलकाअनुसार बालक श्रेष्ठको बसको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो । घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा बालक श्रेष्ठकी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीया श्रीमाया मानन्धर रहनुभएको छ । उहाँलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।