८ असार २०८३, सोमबार

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका पदाधिकारीले बुझाए प्रधानमन्त्रीलाई प्रतिवेदन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव साथै मागसहितको प्रतिवेदन पेश गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर संगठनका प्रतिनिधिहरूले नेपालको समसामयिक राजनीतिक विषय, देशको आर्थिक तथा सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई संगठनको तर्फबाट सुझाव पेश गर्नु भएको हो । त्यसैगरी संगठनले हालसम्मको संगठनको राजनीतिक, सांगठनिक प्रतिवेदन र भावी योजनाको विषयमा समेत जानकारी गराएको थियो ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा संगठनका इन्चार्ज खेममान खड्का समेतको उपस्थितिमा भएको भेटमा संगठनका अध्यक्ष विनोद पाण्डेले समग्र विषयमा व्रिफिङ गर्नु भएको थियो । संगठनका उपमहासचिव मदन केसीले सहजिकरण गर्नु भएको भेटघाट कार्यक्रममा उपाध्यक्ष रविन्द्र पण्डित, कोषाध्यक्ष चन्द्रकुमार महतरा लगाएत विभिन्न क्लष्टरका प्रतिनिधिनिहरु तथा संगठनका काठमाण्डौं, ललितपुर र भक्तपूरका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

भेटघाट कार्यक्रममा “संगठनको अवस्था, सुझाव तथा माग”नामक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । भेटमा प्रधानमन्त्रीले विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरुले सरकारको नीति र कार्यक्रमलाई समेत टेवा पुर्‍याउने बताउनुभयो । उहाँले संगठन अनुशासित स्वयमसेवाका लागि उत्तम संगठनको रुपमा रहेको भन्दै देशमा आईपर्न सक्ने कुनै पनि विपद्का बेला सिधा रेखामा मात्र नभइ रणनीतिक हिसाबले समेत काम गर्न निर्देशन दिनुभयो ।