
काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरूका लागि टिकटक प्रयोगमा लगाएको रोक हटाएको छ ।
सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेपछि टेलिकमले टिकटकको प्रयोगमा लगाएको रोक हटाएको हो ।
गतवर्ष कार्तिक २७ गतेदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाएको हो ।
टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब टेलिकमका सेवाग्राहीले सहज तवरले सामाजिक सञ्जाल टिकटक प्रयोग गरी लाभ लिनसक्ने कम्पनीको विश्वास रहेको छ ।








प्रतिक्रिया