
विराटनगर, २१ भदौ । नेकपा (एमाले)ले विराटनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको व्यवस्थापनमा प्रशिक्षण तथा अनुगमन एकदिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले कोशी प्रदेशस्थित केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जहरु, प्रदेश पदाधिकारी तथा सचिवालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।
अनुशासन आयोगका सचिव प्रा. डा. भरतराज पहाडीले अनुशासन र आचारसंहितासम्बन्धी र अनुशासन आयोगका अध्यक्ष केशव बडालले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन, अनुशासन र पारदर्शीतालगायत विषयमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठकको जानकारीलगायत कोशी प्रदेशको पार्टी अभियान बारेमा जानकारी गराउनुभएको थियो ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले स्वागत मन्तव्य व्यक्ति गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा नालापानी सम्बन्धी जानकारी मुलक फिल्म प्रदर्शन गरिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।









प्रतिक्रिया