१३ असार २०८३, शनिबार

गृहमन्त्री लेखक र विश्व बैंकका पदाधिकारीबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । २०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताउनुभयो ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेसम्म विश्व बैंकले गरेको योगदानकालागि धन्यवाद दिनुभएको छ ।

विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगकालागि गृहमन्त्री लेखकको जोड थियो ।