५ असार २०८३, शुक्रबार

प्रतिबन्ध हटेसँगै चल्यो टिकटक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । सामाजिक सञ्जालको भिडिओ एप टिकटक नेपालमा चल्न थालेको छ ।

आज नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथि प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै टिकटक चल्न थालेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सरकारको निर्णय बमोजिम आज दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो ।

टिकटकमा प्रतिबन्ध लागेपछि भिपिएन प्रयोग गरेर अधिकांशले टिकटक चलाउने गरेका थिए । अब भने टिकटक भिपिएन बिना निर्वाध चल्न थालेको हो ।