१ असार २०८३, सोमबार

टिकटकमाथिको प्रतिबन्ध हटाउन सबै इन्टरनेट प्रदायकलाई निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिवन्ध हटाउन सबै इन्टरनेट प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाउने सरकारको निर्णय गरेपछि टिकटक चल्न दिन निर्देशन दिएको हो।

‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।