९ असार २०८३, मंगलबार

बागलुङ बाढी : मृत्यु हुनेको संख्या तीन पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २१ भदौ । बागलुङको बान्द्रे खोलामा आएको बाढीमा परेर मृत्यु भएको छ ।

बाढीले बगाउँदा बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको हो ।

गएराति १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै फेला परेको थियो भने कमल बेपत्ता हुनुहुन्थ्यो ।