१२ असार २०८३, शुक्रबार

बर्दियामा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २१ भदौ । बर्दियामा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गैंडाको आक्रमणमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।

पर्यटक घुमाउने गाइड चौधरीको पर्यटकलाई बचाउने क्रममा मृत्यु भएको हो । आक्रमणमा अमेरिकी नागरिकसहित दुई जना घाइते हुनु भएको छ ।

घाइते हुनेमा अमेरिकन पर्यटक एमसी सावन र उक्त सामूदायिक वनका चौकीदार खिन्चु थारु रहनु भएको छ ।