१७ असार २०८३, बुधबार

रामकुमारी झाँक्री लगायतका नेताहरू एमालेमै फर्किने तयारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री लगायत नेताहरूले नेकपा (एमाले) मै फर्किने तयारी गर्नु भएको छ ।

एमालेमै फर्किनका लागि अहिले झाँक्रीसहितका नेताहरू आन्तरिक छलफलमा रहनु भएको बुझिएको छ ।

झाँक्री एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित हुनु भएको थियो । झाँक्री नेतृ जयन्ती राईसँग पराजित हुनु भएको हो । राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाउनुभयो ।

गुटबन्दी गरेर आफूलाई पराजित गरिएको भन्दै उहाँ असन्तुष्ट रहँदै आउनु भएको छ ।