
काठमाडौं, २० भदौ । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनु भएको छ ।
मन्त्रिपरिषदको बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो।
लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर दुई वर्षअघि स्वैच्छिक अवकाशमा जानु भएको थियो ।







प्रतिक्रिया