
काठमाडौं, २० भदौ । भारतीय क्रिकेट टोलीका अलराउन्डर रविन्द्र जडेजा भारतीय जनता पार्टी (भाजपा)बाट राजनीतिमा प्रवेश गर्नुभएको छ ।
जडेजा भाजपामा प्रवेश गर्दै पार्टीको सदस्यता लिएको उहाँकी पत्नी रिवाबा जडेजाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

जडेजा पत्नी रिवाबा गुजरातको उत्तरी जामनगर सीटबाट भाजपाको विधायक हुनुहुन्छ ।
हालै टी–२० विश्वकप जितेर जडेजाले टी–२० फर्म्याटबाट सन्यासको घोषणा गर्नुभएको थियो ।








प्रतिक्रिया