काठमाडौं, २० भदौ । चर्तित युट्युबर तथा हतियारका विशेषज्ञ पल ह्यारेलको निधन भएको छ । उहाँको ५८ वर्षको उमेरमा प्यान्क्रियाटिक क्यान्सरका कारण निधन भएको हो ।
ह्यारेल आफैले आफ्नो निधनको जानकारी शेयर गरेपछि उहाँको निधन भएको खबर बाहिरिएको हो । ह्यारेलले आफ्नो मृत्यु हुनुअघि डिसेम्बर २०, २०२३ मा एउटा भिडियो रेकर्ड गर्नुभएको थियो । यस भिडियोमा ह्यारेलले आफ्नो मृत्युको बारेमा कुरा गर्नुभएको छ ।
हालै यो भिडियोलाई युट्युबमा ‘म मरेँ’ क्याप्सनसहित शेयर गरिएको छ, त्यसपछि प्रयोगकर्ताले पनि यसमा प्रतिक्रिया दिइरहेका छन् ।
युट्युबमा ११ लाखभन्दा बढी फलोअर्स भएका ह्यारेललाई गत वर्ष जुलाईमा स्टेज २ प्यान्क्रियाटिक क्यान्सर भएको पत्ता लागेको थियो । भिडियोमा पलले मलाई हेरिरहनुभएको छ भने म मरिसकेको छु भन्नुभएको छ ।
पलले भिडियोमा भन्नुभएको छ, ‘क्यान्सर चाँडै पत्ता लागेको थियो, तर मैले सोचेँ जति चाँडो होइन ।’ उहाँले क्यान्सर धेरै छिटो फैलिरहेको र आफूसँग धेरै कम समय रहेको उल्लेख गर्नुभएको थियो । यसका साथै, उहाँले क्यान्सर उहाँको हड्डीमा फैलिएको र कम्मर भाँचिएको र वैशाखीको सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्था भएकोसमेत सुनाउनुभएको थियो । ह्यारेलले आफ्ना फ्यानहरूसँग माफी मागेर आफ्नो बयान अन्त्य गर्नुभएको थियो ।
ह्यारेलको आकस्मिक निधनले उहाँका फ्यानहरु अत्यन्तै दुखी छन् । सामाजिक सञ्जालमा ह्यारेलको निधनमा फ्यानहरुले शोक व्यक्त गरिरहेका छन् ।