काठमाडौं, २० भदौ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ । योसँगै उहाँविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ ।
तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारले दर्ता गरेका मुद्दा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।
जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो । यस मामिलामा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।
देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोड्नुभएको थियो । उहाँ हाल भारतमा रहनुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस