२ असार २०८३, मंगलबार

एमालेको निष्कर्ष : वामपन्थी मोर्चा बन्दैन, चुनावमा कसैको बैशाखी टेक्दैनौँ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ । बुधबार पोलिटब्यूरो बैठकपछि एमालेले बैशाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो ।

बुधबार पोलिटब्यूरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैशाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ ।’

उहाँले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालिएको बताउनुभयो । उहाँले तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिनुभएको थियो । बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।