२५ जेष्ठ २०८३, सोमबार

दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १९ भदौ । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ पर्नु भएको छ ।

सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल पक्राउ पर्नु भएको हो । उहाँलाई प्रहरीले बुधबार बिहान झापाको विर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्ग नजिक एभरेष्ट बैंक अगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार हुनु भएको थियो । सोही दिन सुन्दरहरैंचा–७ को केरा बगानमा उहाँका दुई जना छोरी मृत अवस्थामा फेला पर्नु भएको थियो । एक वर्षीया आयांका र तीन वर्षकी छोरी अर्पणालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो। कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ।

श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उहाँ छोरी लिएर घरबाट निस्कनु भएको थियो । श्रीमान्–श्रीमतीबीच पटक–पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिनु भएको छ । पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।