२९ असार २०८३, सोमबार

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएता पनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘हिजो को कुन पार्टीमा थियो आजकुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुदैन । त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निर्णय लागु गर्ने काम उनीहरुको कर्तव्य हो ।’

उहाँले निर्वाचित सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको रहेको निर्वाचित सरकार र निजामति कर्मचारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको औँल्याउनुभयो ।