१५ असार २०८३, सोमबार

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र काठमाडौं–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गर्नुभयो ।

कार्यकारी निर्देशक गोसाईँका अनुसार सम्झौतामा काठमाडौं–१२ मा मोतियाबिन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । शिविरमा मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गरिने छ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निः शुल्क चस्मा वितरण गरिने छ ।

अस्पतालले यसप्रकारको सहकार्य काठमाडौं–११, ललिपुर महानगरपालिका वडा नं १८ र चन्द्रागिरि नगरपालिका वडा नं ७ सँग गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक गोसाईँका अनुसार आँखा उपचार सम्बन्धी सबै उपचार सेवा प्रदान गरिराखेको सो अस्पतालले विगत वर्ष एकलाख ७५ हजारलाई वहिरङ्ग सेवा , १२ हजार शल्यक्रिया सेवा, घुम्ति आँखा उपचार सेवा प्रदान गरेको थियो ।

अस्पतालले बाराको सिमरा , गोरखाको भच्चेक र काठमाडौं उपत्यकाका तीनस्थानमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।