२२ जेष्ठ २०८३, शुक्रबार

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।

मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।