
काठमाडौं, १८ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले आज नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।
नदी किनारका जमिन र बस्तीका बिषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बुढानीलकण्ठस्थित निवासमा भेटेको हो ।
भेटमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउँदै कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो।
भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत पदाधिकारीहरुको सहभागिता थियो ।









प्रतिक्रिया