काठमाडौं । नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक जारी छ । आजदेखि सुरू भएको बैठक भोलिसम्म जारी रहनेछ ।
आजको बैठकमा महासचिवले प्रस्तुत गर्नु भएको वार्षिक कार्ययोजनामाथि बृहत छलफल गर्न भोलि ११ बजे फेरि बैठक आह्वान गरिएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज बैठकमा पार्टी महासचिवले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो र कार्ययोजनामाथि बृहत छलफल गर्ने गरी भोलि ११ बजे बैठक आह्वान भएको छ ।’
यसको साथै, उहाँले प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नवीकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज प्रस्तुत गरेको कार्ययोजनामा मूलत पार्टी सदस्यको नवीकरण त्यसको विस्तार र अभिलेखिकरणको विषय प्रस्तुत गरिएको छ । त्यसपछि विधिसंवत तरिकाले पार्टी कमिटीहरुको परिचालन र पार्टी संगठनमा देखिएका अन्तर विरोधहरुको व्यवस्थापन गर्ने कुरा आएको छ ।’
यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको छ । जस्तो नयाँ पुस्तामा पार्टीको प्रभाव र नेतृत्वमा विकासका योजना कार्यान्वय गर्नका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा स्थानीय पार्टी कमिटी ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी तरिकाले लागू गर्ने गरी प्रस्ताव गरिएको छ । प्रत्येक गाँउपालिकाले ५०, नगरपालिकाले एकसय, उपनगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा परिचालन गरेर पार्टीका काममा जोड्ने कुरालाई जोड दिइएको छ ।’
उहाँले स्थायी रुपमा पार्टी सञ्चालन र अभियानका रुपमा पार्टी प्रशिक्षणहरु सञ्चालन गर्ने कुरा पनि विशेष रुपमा उठेको बताउनुभयो ।