४ असार २०८३, बिहिबार

बालेनले हटाए विवादास्पद स्टाटस

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको विवादास्पद स्टाटस हटाउनुभएको छ । मेयर बालेनले स्टाटस हटाउनुको कारण भने खुलाउनुभएको छैन ।

आइतबार मेयर बालेनले आफ्नो फेसबुक पोस्टमा सांसद शर्मामाथि बाल शोषणको आरोप लगाउँदै उहाँलाई पक्राउ गर्नुपर्ने माग गर्नुभएको थियो । बालेनले स्टाटसमा सांसद शर्माले विगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रूपमा राखी दैनिक हिंसा र कुटपिट गर्दै आएको आरोप लगाउनुभएको थियो ।

मेयर शाहले आफ्नो स्टाटसमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अदालतले मुद्दा चलाउन आदेश दिइसकेको र काठमाडौं महानगरपालिकाले पनि दुई महिनादेखि कारबाही अगाडि बढाउन खोजेको तर सरकारले कुनै कदम नचालेको उल्लेख गर्नुभएको थियो ।

मेयर बालेनले यसअघि पनि विवादास्पद स्टाटसहरू पोस्ट गर्दै हटाउँदै आउनुभएको छ । गत वर्षको भदौमा उहाँले ‘सिंहदरबार जलाउँछु’ भन्ने स्टाटस राख्नुभएको थियो, जुन पछि उहाँले फेसबुकबाट हटाउनुभएको थियो ।