
काठमाडौं, १८ भदौ । नेकपा (एमाले)को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको घटक संस्था नेपाल निर्माण उद्योग परिषद्को तेस्रो अधिवेशन तथा पाचौँ साधारण सभा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बलभद्र राना सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक निर्वाचित हुनुभएको छ । कोशी प्रदेशबाट उपाध्यक्षमा कमलप्रसाद गौतम, मधेशबाट रामसुरत देव, बागमतीबाट नारायणप्रसाद बडाल, उपत्यकाबाट कृष्णप्रसाद गौतम, गण्डकीबाट नारायण जीसी, लुम्बिनीबाट प्रकाश शाह, कर्णालीबाट लक्ष्मणप्रसाद पोखरेल र सुदूरपश्चिमबाट कृष्णबहादुर साउद निर्वाचित हुनुभएको छ ।
त्यस्तै, महिला उपाध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनुभएको छ । संगठनको महासचिवमा रामशरण देउजा निर्वाचित हुँदा उपमहासचिवमा पुष्कल श्रेष्ठ र बलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यसैगरी, सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उज्वल गौतम चुनिनुभएको छ ।
नवनिर्वाचित कमिटी ८५ सदस्सीय छ । सिंगो कमिटी सर्वसम्मत निर्वाचित भएको एमाले केन्द्रीय सदस्य एवं उद्योग तथा व्यवसायी महासंघ इञ्चार्ज रचना खड्काले जानकारी दिनुभयो ।









प्रतिक्रिया