९ श्रावण २०८३, शनिबार

टानको अध्यक्षमा पाण्डे विजयी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ ।

प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी हुनुभएको हो । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याउनुभयो ।

यस्तै, महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी हुनुभएको छ । उहाँले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराउनुभयो । चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभयो ।

प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी हुनुभयो । सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी हुनुभयो । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयन हुनुभयो ।

पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो ।

Skip This