२१ जेष्ठ २०८३, बिहिबार

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद थपिँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सहकारी ठगीसँग सम्बन्धित विषय छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।

समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो ।

समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यसअघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यसअनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।