२२ असार २०८३, सोमबार

गण्डकी सरकारका मन्त्री ‘दीपक मनाङे’ द्वारा राजीनामा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ भदौ । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहनु भएका गुरूङले मन्त्रालय फेरिएसँगै राजीनामा दिनुभएको हो ।

मनाङ्गेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नेकपा एमालेलाई सरकारमा सहभागी गराउने क्रममा एमालेलाई दिइएपछि उहाँ असन्तुष्ट बन्नु भएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेको मन्त्रालय परिवर्तन गरेर आजै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।