
पोखरा। १७ भदौ । गण्डकी प्रदेशमा नेकपा (एमाले) ले पाउने मन्त्रालयको टुंगो लागेको छ ।
एमालेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय एमालेको भागमा परेको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा प्रकाश केसीले पाउने हुनुभएको छ । यस्तै, पद्मा जिसीलाई कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको हो ।








प्रतिक्रिया