१८ असार २०८३, बिहिबार

प्रधानमन्त्रीलाई ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’को प्रगतिबारे जानकारी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा संस्थाका अध्यक्ष डा. भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि संस्थाले पेस गरेको बताउनुभयो । उहाँले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गर्नुभयो ।

सस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौंको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।