२३ असार २०८३, मंगलबार

माधव नेपाल रुस प्रस्थान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गर्नुभएको छ ।

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागि हुन नेपाल आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

उहाँको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । उहाँ आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।