
काठमाडौं, १६ भदौ । डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारबाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिनु भएको छ ।
ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिनु भएको हो ।
उहाँले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताउनु भएको हो ।
उहाँले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया