१५ असार २०८३, सोमबार

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसँगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

साथै, उहाँले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेकोे बताउनुभयो । उहाँले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताउनुभयो ।