३० जेष्ठ २०८३, शनिबार

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उहाँको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले यो कुराको पुष्टि गर्नुभएको हो ।

प्रतिबन्धमा गर्नुभएका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहनुभएको छ ।

देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्वसांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहनुभएको छ ।

यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहनुभएका टिपु मुन्सीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो । राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ । उहाँलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो ।