
काठमाडौं, १४ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









प्रतिक्रिया