३ श्रावण २०८३, आइतबार

बागमती प्रदेश : विषयगत समितिबाट दुई विधेयक पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १३ भदौ । बागमती प्रदेश सभाअन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुंगो लगाएका छन् ।

आज बसेको प्रदेश सभाअन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुंगो लगाएको हो । विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात सर्वसम्मतबाट विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफल अघि बढ्न सकेको थिएन ।

आजै बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास गरेको समितिका ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । स्वास्थ्य विधेयक लामो समयदेखि समितिका विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभावित हुँदै आएको थियो ।

भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताउनुभयो ।