२३ जेष्ठ २०८३, शनिबार

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम गर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली हिन्दू नारीहरुको महान चाड ‘हरितालिका तीज’को अवसरमा २०८१ सालको तीज विशेष साथै जितिया पर्व तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।

मञ्चले तीज तथा जितिया कार्यक्रम २०८१ भदौ १५ गते शनिबार दिउँसो १ बजे काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेस हलमा सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गर्न लागेको हो ।

एमाले पोलिटब्युरो सदस्य एवं उदयपुर जिल्ला इन्चार्ज मञ्जुकुमारी चौधरीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा स्थायी तथा अस्थायी रूपमा बसोबास गरी विभिन्न पेशा व्यवसाय गरी बस्नुहुने दिदीबहिनी, भाउजू-बुहारी, छोरीचेली, महिला सदस्यहरू र पार्टीका शुभचिन्तक, शुभेच्छुकहरूको उपस्थिति रहने एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रीताकुमारी थापाले जानकारी दिनुभयो ।

काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेस हलमा हुने तीज कार्यक्रम भदौ १५ गते शनिबार दिउँसो १ बजेदेखि सुरु हुने अध्यक्ष थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘नेपाली नारीहरूको महान पर्व हरितालिका तीज कार्यक्रम काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा भव्य रूपमा गर्न गइरहेका छौँ । तीज कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु । यसको साथसाथै जितीया पर्व पनि सोही दिन मनाउन गइरहेको सम्पूर्ण दिदीबहिनी तथा एमाले शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई जानकारी गराउँदछु ।’

गत वर्ष झैं यसवर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उदयपुरबाट काठमाडौंमा आई बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरुलाई दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै मनोरञ्जन गराउन निम्ति २०८१ सालको तीज तथा जितीया पर्व कार्यक्रम आयोजना गरिएको एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका सचिव होम डाँगीले बताउनुभयो । तीज तथा जितिया कार्यक्रममा काठमाडौं तथा उदयपुरका विभिन्न ठाउँबाट दुईदेखि पाँच सयभन्दा धेरै सहभागि हुने अपेक्षा गरिएको सम्पर्क मञ्चका सचिव डाँगीले बताउनुभयो ।

राजनीतिक गतिविधिका लागि संगठित भएको मञ्च भएपनि उदयपुर सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरूसमेत गर्दै आएको मञ्चका अध्यक्ष थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तीज विशेष कार्यक्रम पनि सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो ।’