२७ जेष्ठ २०८३, बुधबार

पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको कृष्णगल्लीस्थित ग्रुपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुपअन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी ४८ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको कम्पनीले जनाएको छ ।