३० जेष्ठ २०८३, शनिबार

तीजमा तडक भडक नगर्न काठमाडौं प्रशासनको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारवाही हुने स्पष्ट गरेको छ ।