२१ असार २०८३, आइतबार

अब आरजु प्रधानमन्त्री बन्न लाग्नुभएको हो ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि अब आफूले महिला प्रधानमन्त्री बनाउन चाहेको अभिव्यक्ति दिनुभएपछि कतिपयले अब आरजु राणा देउवा प्रधानमन्त्री बन्न लाग्नु भएको हो कि भन्ने अड्कलबाजी गरेका थिए ।

तर परराष्ट्रमन्त्री रहनु भएकी देउवाको यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफू प्रधानमन्त्री बन्ने कुरा कल्पना मात्रै भएको बताउनुभएको हो ।

उहाँले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु । उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’